दफा २८
राष्ट्रिय खाध परिषद्को गठन
(१) ऐनको दफा ३२ बमोजिमको राष्ट्रिय खाद्य परिषद्को गठन देहाय बमोजिम हुनेछः-
(क) कृषि तथा पशुपन्छी विकास मन्त्री - अध्यक्ष
(ख) प्रदेशस्थित कृषि हेर्ने मन्त्री - सदस्य
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (कृषि क्षेत्र हेर्ने) - सदस्य
(घ) सचिव, अर्थ मन्त्रालय - सदस्य
(ङ) सचिव (कृषि हेर्ने), मन्त्रालय - सदस्य
(च) सचिव (पशुपन्छी हेर्ने), मन्त्रालय - सदस्य
(छ) सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय - सदस्य
(ज) सचिव, वन तथा बातावरण मन्त्रालय - सदस्य
(झ) सचिव, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय - सदस्य
(ज) सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय - सदस्य
(ट) _ सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय - सदस्य
(ठ) सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय - सदस्य
(ड) कार्यकारी निर्देशक, नेपाल कृषि अनुसन्धान परिषद् - सदस्य
(ढ) प्रदेश सचिव, प्रदेशस्थित कृषि हेर्ने मन्त्रालय - सदस्य
(ण) प्रमुख कार्यकारी अधिकृत, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड - सदस्य
(त) किसानको प्रतिनिधित्व गर्ने सङ्घसंस्थाहरुमध्येबाट मन्त्रालयले मनोनीत गरेको कम्तीमा एक जना महिला सहित दुईजना - सदस्य
(थ) अध्यक्ष, नेपाल नगरपालिका सङ्घ - सदस्य
(द्) अध्यक्ष, गाउँपालिका राष्ट्रिय महासङ्घ - सदस्य
(ध) प्रतिनिधि, नेपाल उद्योग - बाणिज्य महासङ्घ - सदस्य
(न) सहसचिव (खाद्य सुरक्षा विषय हेर्ने) - सदस्य
(२) उपनियम (१) को खण्ड (त) बमोजिम मनोनीत सदस्यको पदावधि दुई वर्षको हुनेछ।
(३) परिषद्को बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ।
(४) परिषद्को सदस्य-सचिवले परिषद्को बैठक बस्ने सूचना र बैठकमा छलफल हुने विषयको कार्यसूची कम्तीमा तीन दिन अगावै समितिका सदस्यलाई उपलब्ध गराउनु पर्नेछ।
(५) परिषद्का कुल सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि: गणपूरक सङ्ख्या पुगेको मानिनेछ।
(६) परिषद्को अध्यक्षले परिषद्को बैठकको अध्यक्षता“ गर्नेछ र निजको अनुपस्थितिमा राष्ट्रिय योजना आयोगबाट परिषद्मा प्रतिनिधित्व गर्ने सदस्यले अध्यक्षता गर्नेछ।
(७) परिषद्को बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ।
(८) परिषद्ले गरेको निर्णय अध्यक्ष र् सदस्य-सचिवले प्रमाणित गर्नेछ ।
(९) परिषद्ले आवश्यकता अनुसार विषय विज्ञलाई परिषद्को बैठकमा पर्यवेक्षकको : रुपमा आमन्त्रण गर्न सक्नेछ।
(१०) परिषद्को बैठक सम्बन्धी अन्य कार्यविधि परिषद् आफैंले निर्धारण गरे बमोजिम हुनेछ।
(११) परिषद्को सचिवालयको काम मन्त्रालयको खाद्य सुरक्षा विषय हेर्ने महाशाखाले गर्नेछ।